हालको समयको सबैभन्दा महत्वपूर्ण तत्वहरूमध्ये Website एक हो। आजको डिजिटल युगमा, व्यवसाय विस्तार गर्न, व्यक्तिगत ब्रान्ड निर्माण गर्न, वा विश्वका घटनाहरूबारे जानकारी लिन वेबसाइट अत्यन्तै आवश्यक भइसकेको छ। त्यसैले, वेबसाइट आधुनिक युगको एक अभिन्न हिस्सा बनेको छ। अब, वेबसाइट विकास गर्नु अघि ध्यान दिनुपर्ने महत्वपूर्ण कुराहरूको बारेमा चर्चा गरौँ।
Website बनाउनु अघि बुझ्नुपर्ने मुख्य 8 तत्वहरू
- Domain
- Hosting
- cPanel
- Nameserver
- SSL Certificate
- WordPress
- Front-end
- Back-end
यी सबै तत्वहरू वेबसाइट निर्माणका लागि आधारभूत र अत्यन्तै महत्वपूर्ण छन्।
1. Domain
साधारण भाषामा भन्नुपर्दा, Domain भनेको तपाईंको Website को नाम हो। यो नाम अद्वितीय (unique), सजिलै सम्झन सकिने र टाइप गर्न सजिलो हुनुपर्छ।
Domain लाई हामी घरको ठेगाना सँग तुलना गर्न सक्छौँ। जस्तै, तपाईंको घरको ठेगानाले तपाईंको स्थान जनाउँछ, त्यसैगरी Domain ले इन्टरनेटमा तपाईंको वेबसाइटको पहिचान जनाउँछ। यसमा तपाईंका सेवाहरू, सामग्रीहरू वा जानकारीहरू समावेश हुन्छन्।
Domain विभिन्न extension हरूसँग आउँछ, जस्तै:
- com
- .com.np
- .org
- .edu
- .net आदि
Domain दुई प्रकारका हुन्छन्:
- National Domain (जस्तै: .com.np – नेपालका लागि)
- International Domain (जस्तै: .com, .org)
सजिलै सम्झन:
Domain = तपाईंको घरको ठेगाना
2. Hosting
Hosting भनेको एउटा Server वा Computer हो, जहाँ तपाईंको वेबसाइटका सबै डेटा, फाइलहरू, तस्बिरहरू, भिडियोहरू, लेखहरू आदि सुरक्षित रूपमा राखिन्छन्।
सरल भाषामा भन्नुपर्दा, Hosting भनेको तपाईंको घर हो, जहाँ सबै महत्वपूर्ण सामग्रीहरू सुरक्षित राखिन्छन्।
सजिलै सम्झन:
Hosting = तपाईंको घर (जहाँ सबै सामग्रीहरू हुन्छन्)
3. cPanel
cPanel एउटा यस्तो प्लेटफर्म हो, जसले Domain, Hosting, WordPress, Professional Email आदि सबै कुरा व्यवस्थापन गर्न सहयोग गर्छ।
यो Hosting Provider ले प्रदान गर्ने Dashboard हो, जहाँबाट तपाईंले:
- Website control गर्न
- WordPress install गर्न
- Email create गर्न
- Files manage गर्न सक्नुहुन्छ
सजिलै सम्झन:
cPanel = तपाईंको घरको Remote Control
4. Nameserver
Nameserver ले Domain र Hosting लाई आपसमा जोड्ने काम गर्छ। यसले Domain लाई Hosting कहाँ छ भनेर बाटो देखाउँछ।
Nameserver बिना:
- Website खुल्दैन
- Domain ले फाइलहरू फेला पार्न सक्दैन
सजिलै सम्झन:
Nameserver = Google Map (घर पुग्ने बाटो)
5. SSL Certificate
SSL Certificate ले Website र Visitor बीचको Data लाई Encrypt (सुरक्षित) गर्छ। यसले Login, Payment जस्ता संवेदनशील जानकारीहरू सुरक्षित राख्छ।
SSL भएको Website मा:
- 🔒 Lock icon देखिन्छ
https://देखिन्छ
यसले Visitor को विश्वास बढाउँछ।
सजिलै सम्झन:
SSL Certificate = तपाईंको घरको Security Guard
6. WordPress
WordPress एउटा प्लेटफर्म हो, जसले Coding नजाने पनि Website बनाउन सहयोग गर्छ। C++, JavaScript, PHP जस्ता Coding भाषा सिक्न आवश्यक हुँदैन।
यसलाई Content Management System (CMS) भनिन्छ।
WordPress को फाइदा:
- सजिलो प्रयोग
- हजारौँ Themes र Plugins
- विभिन्न प्रकारका Website बनाउन सकिने
WordPress बाट बनाउन सकिने Website:
- E-commerce Website
- Blog
- News Portal
- Business Website आदि
सजिलै सम्झन:
WordPress = तपाईंको घरको Interior Design
7. Front-End
Front-end भनेको Website को त्यो भाग हो, जुन प्रयोगकर्ताले देख्छ। यसलाई Client-side पनि भनिन्छ।
यसमा समावेश हुन्छ:
- Website Design
- Layout
- Text
- Images
- Videos
- Buttons
- Animations
सजिलै सम्झन:
Front-end = तपाईंको घरको बाहिरी र भित्री डिजाइन
8. Back-End
Back-end भनेको Website को Admin Panel हो, जहाँबाट Administrator ले Website मा परिवर्तन गर्छ।
यसमा:
- Content Update
- New Feature Add
- Website Control गरिन्छ
यो Website को Brain जस्तै हो, जहाँ सबै Logic र Control हुन्छ।
सजिलै सम्झन:
Back-end = घरभित्रको Electrical Wiring
सुन्दर र प्रभावकारी Business Website, E-commerce Website वा अन्य कुनै Website बनाउनुअघि यी सबै तत्वहरूको राम्रो ज्ञान हुनु अत्यन्तै आवश्यक छ।
उपरोक्त 8 बुँदाहरू Website को Technical पक्ष बुझ्नका लागि सबैभन्दा महत्वपूर्ण हुन्। यी कुराहरू राम्रोसँग बुझ्न सकेमा Website निर्माण प्रक्रिया सजिलो, प्रभावकारी र सफल हुन्छ।

